काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उहाँले पहिलो पटक बैठक बोलाउनु भएको हो ।

बालुवाटार श्रोतका अनुसार आज अपराह्न ४ बजेका लागि बैठक बोलाइएको छ । तर बैठकका एजेण्डाबारे जानकारी भने खुलाइएको छैन । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार जोगाउन कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले यसबारे पनि परामर्श गर्ने जनाइएको छ ।

सम्बन्धित खबरहरु