काठमाडौं । सर्वोच्व अदालतको फैसलापछि देशभर धमाधम एमालेका बोर्ड लगाउन सुरु गरिएको छ । यो बीचमा नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा पनि नेकपा (एमाले)को बोर्ड राखिएको हो । म‌ंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

तपाईंलाई जानकारी गराउ कि एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो । माओवादी केन्द्रको मुख्यालय पनि एकीकरणअघि कार्यालय रहेको पेरिसडाँडाबाटै सञ्चालन हुने भएको छ ।

सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै रहने भएका छन् ।

ओली समूहले पनि अदालतको फैसलालाई स्वागत गरिसकेको छ । जिल्लास्तरमा पनि धमाधम तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेका बोर्ड राखिएका छन् ।

सम्बन्धित खबरहरु