काठमाडौं । चर्चित गायिका एवं राष्ट्रियसभा सदस्य कोमल वली न्याय माग्दै अदालत पुग्नु भएको छ । आफ्नै पार्टीका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्न उहाँ अदालत पुग्नु भएको हो ।

 

केहीदिन अघि पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको हो । सांसद वलीले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेको बताउनु भएको छ ।

नेता पन्तले फागुन १५ गते एक कार्यक्रममा ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन्’ भन्ने टिप्पणी गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु