काठमाडौं । कोरोना महामारीका कारण कक्षा प्रभावित यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ ।

अर्कोतिर कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुँदैछ । यस भन्दा पहिले बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको थियो । कोरोना महामारी भन्दा पहिले एसईई चैतमै हुँदै आएको थियो । तर यसपालि कोरोना महामारीका कारण कक्षा प्रभावित भएकाले धकेलिएको हो । सरकारले यस वर्षको शैक्षिक सत्र जेठसम्म कायम गरेको छ ।

सम्बन्धित खबरहरु