काठमाडौं । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रममा जनता समाजवादी पार्टीको भुमिका महत्वपूर्ण हुने देखिएको छ । जसपाले नयाँ सरकार गठनलगायतका विषयमा सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न २ सदस्यीय समिति गठन गरेको हो ।

वार्ता टोलीमा नेताहरु लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहनु भएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने देखिएको छ ।

तपाईंलाई जानकारी गराउ कि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्नेछ । यता नेकपा एमालेले पनि नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेको समिति निर्माण गरेको छ ।

सम्बन्धित खबरहरु