काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे चर्चा गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्नु भएको छ । अध्यक्ष दाहालले मंगलबार बूढानीलकण्ठ पुगेर भेटवार्ता गर्नुभएको हो ।

अपरान्ह ४ बजे देउवा निवास पुगेका दाहालले पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता साझेदारी र सम्भावित घटनाक्रमबारे छलफल भयो । उहाँहरुबीच करिब आधा घन्टा ‘वान टू वान वार्ता’ पनि भएको जानकारी दिइएको छ ।

सर्वोच्च अदालतले पूर्ववत पार्टी ब्युँत्याइदिएपछि मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपासँग वार्ता अगाडि बढाउने निर्णय गरेको थियो ।

सम्बन्धित खबरहरु