काठमाडौं । एञ्जल्स हार्ट एकेडेमी र ग्रेट हिमालय क्रिकेट एकेडेमी नेपाल पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा आज सम्पन्न खेलमा ग्रेट हिमालयले आर एस विद्यापीठ एकेडेमीलाई पाँच विकेटले पराजित ग¥यो ।

आरएसले १९ दशमलव पाँच ओभरमा सबै विके गुमाएर १५३ रन बनायो । आरएसका लागि विजय गौतमले ७५ तथा अमृत थापाले ४२ रन बनाउनुभयो । बलिङतर्फ ग्रेट हिमालयका लागि विज्ञान गौतमले तीन तथा मोहम्मद हुसैन र शुशान्त तिमिल्सिनाले दुईरदुई विकेट लिनुभयो ।

एक सय ५४ रनको विजय लक्ष्य ग्रेट हिमालयले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥र्यो । ग्रेट हिमालयका लागि हेमन्त श्रीवास्तवले ५१ तथा सङ्गीत बुढाथोकीले ४२ रन बनाउनुभयो । बलिङतर्फ आरएसका लागि अनुपम पाण्डेले दुई विकेट लिनुभयो ।

अर्को खेलमा स्कुल अफ क्रिकेटले एञ्जल्सलाई आठ रनले पराजित गर्यो । एञ्जल्स पराजित भए पनि रन रेट राम्रो भएका कारण सेमिफाइनलमा पुग्न सफल भएको हो । टस हारेर ब्याटिङ गरेको स्कुल अफ क्रिकेटले निर्धारित २० ओभरमा १६४ रन बनायो । उसका लागि सर्वोच्च बस्नेतले ५८ रन बनाउनुभयो । बलिङतर्फ एञ्जल्सका निवस कुँवरले तीन विकेट लिनुभयो ।

एक सय ६५ रनको विजय लक्ष्य पछ्याउने क्रममा एञ्जल्सले सबै विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो । ग्रेट हिमालय समूह ‘सी’ बाट ६ अङ्कसहित सेमिफाइनलमा पुगेको हो भने एञ्जल्स समूह ‘डी’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

सम्बन्धित खबरहरु