काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको स्विकार्नु भएको छ । उहाँले अब त्यस्तो गल्ती नगर्ने बताउँदै सुधार गर्ने जनाउनुभयो ।

नमुना स्वास्थ्यकर्मी संघ नेपालले गरेको कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो । कार्यक्रममा उहाँले एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने आफूले संकल्प गरेको स्पष्ट पार्नुभयो । आफू फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको दावा पनि उहाँले गर्नुभयो ।

देशभित्र र बाहिरबाट आन्दोलनबाट प्राप्त उपलब्धीविरुद्ध ठूलै षड्यन्त्र भइरहेको भन्दै त्यसलाई परास्त गर्न लडाईं लड्ने पनि जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा भएको पनि खुलाउनुभयो ।

वर्तमान समयमा प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरिरहेको उहाँको तर्क रहेको छ ।

सम्बन्धित खबरहरु