काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई खुलमखुल्ला चुनौती दिनु भएको छ ।

अध्यक्ष प्रचण्डले विप्लवलाई आफूले लिएको शान्तिपूर्ण बाटो र विप्लवले भनेको वैज्ञानिक समाजवादको विषयमा बहस गर्न अनुरोध गर्नुभएको छ । शुक्रबार काठमाडौंमा जनयुद्धका शहीद भरत ढुंगानाको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा उहाँले त्यस्तो बताउनु भएको हो ।

विप्लव समूहका नेता अनिल शर्मा विरहीले बहस गर्ने प्रस्ताव राखेपछि प्रचण्डले स्वीकार गर्दै आफू हारे पछि लाग्न तयार रहेको बताउनु भएको हो । बहसमा आफु पराजित भए विप्लवको पछि लाग्न तयार भएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले शान्ति प्रक्रियामा आएपछि जनयुद्धका कतिपय मुद्धा सम्बोधन भएको भन्दै त्यसलाई उपलब्धी नै भएन भन्नु ठीक नहुने तर्क गर्नुभयो । विप्लवले प्राप्त उपलब्धीलाई केही होइन भनेर एक्लै बस्न खोजेको पनि उहाँको आरोप रहेको छ ।

उहाँले भन्नुभयो, ‘शास्त्रार्थमा प्रेस गरौं, १०–१५ दिन कति लाग्छ शास्त्रार्थ गरेर बसौं, निश्कर्ष निकालौं । वैज्ञानिक समाजवाद र साम्यवादका लागि लड्न म तयार छु ।’

विप्लवलाई जवाफ फर्काउदै प्रचण्डले आफु आफ्नै विचारमा म लडिरहेको बताउनुभयो । उहाँले विप्लव आफ्नो विचारमा नलडेको पनि उहाँको बुझाई रहेको छ । बहसपछि आफुहरु एक ठाउँमा आउँने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

सम्बन्धित खबरहरु