काठमाडौं । सत्तारुढ नेकपा एमालेले महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले दसौं महाधिवेशनको मिति कायम गरेको हो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीले आगामी महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय कमिटी सदस्य खगराज अधिकारीले जानकारी दिनुभयो । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी भएको थिएन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष मात्रै सहभागी केन्द्रीय कमिटी बैठकले उक्त निर्णय लिएको हो । जानकारी अनुसार प्रधानमन्त्री ओलीले आगामी बैठकमा माधव नेपाललाई नबोलाउनू भन्दै निर्देशन पनि दिनु भएको छ ।

सम्बन्धित खबरहरु