काठमाडौं । तत्कालिन नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब सहकार्य नहुने बताउनु भएको छ । सत्तारुढ एमाले अध्यक्ष पनि रहनु भएका ओलीको एकल निर्णयपछि गौतमले केपी ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको बताउनु भएको हो ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार गौतमले अब ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना सकिएको छ । नेता गौतमको आधिकारिक धारणा भन्दै सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा यस्तो कुरा उल्लेख गर्नुभएको हो ।

केही समयअगाडि ओलीले एकलौटी ढंगबाट अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई खोसेका छन् । सुवेदीले लेख्नु भएको छ, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो ।’

सम्बन्धित खबरहरु