काठमाडौं । महाशिवरात्रिको पछिल्लो दिन आज पनि आज भारतबाट आएका बाबाहरु पशुपतिमा देखिएका छन् । बाबाहरुको भिडियो बाहिर आएको छ । भिडियोमा उनीहरुले देखाएको हर्कतहरु पनि रेकर्ड गरिएको छ । महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो ।

यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

https://youtu.be/vGDono1L_L4

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

सम्बन्धित खबरहरु