काठमाडौ । भर्खरै मुलधारको राजनीतिमा आएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच एक भएर जाने तीन बुँदे सहमति भएको छ । यी दुई पार्टीको फागुन २९ गते बसेको संयुक्त बैठकले तीन बुँदे सहमति गर्दै एउटै कार्यदिशा तय गर्ने सहमति भएको हो ।

सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न संयुक्त रुपमा सहकार्य गर्ने, क्रान्तिकारीहरूबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरूलाई पनि सहभागी गराउने भनिएको छ । उनीहरुले अब पार्टीहरुबीचको एकतामा जोड दिने निश्कर्ष समेत निकालेका छन् ।

सम्बन्धित खबरहरु