काठमाडौं । चीन अहिले विश्वमा अमेरिकालाई उछिन्दै महाशक्ति बन्ने तयारीमा रहेको छ । अबको केही वर्षमा चीनले अहिले अमेरिकाले ओगटेको स्थान लैजाने धेरैको विश्वास रहेको छ ।

विश्वमा आफ्नो हैकम राख्नका लागि चीनले आफुलाई आर्थिक रुपमा बलियो बनाउँदैछ । यो बीचमा सबैभन्दा बढी अर्बपतिहरू भएका शीर्ष १० शहरहरूमा चीनका धेरै रहेका छन् । शुरुन अनुसन्धान संस्थान–२०२१ को विवरण अनुसार यस सुचीमा चीनका मात्रै पाँच शहरहरु रहेका छन् ।

चीनको बेइजिङ्ग १४५ अर्बपतिसँगै पहिलो स्थानमा रहेको छ । साङ्घाई ११३ नम्बरका साथ दोस्रो नम्बरमा रहेको छ । अमेरिकाको न्युयोर्क ११२ जनाका साथ तेस्रो नम्बरमा रहेको छ । शेन्जेन १०५ अर्बपतिका साथ चौथो नम्बरमा छ । पाँचौं स्थानमा विश्वका दुई शहरहरु रहेका छन् ।

लन्डन र हङकङ ८२ अर्बपतिका साथ पाँचौं स्थानमा रहेका छन् । रुसको मस्को सातौं नम्बरमा रहेको छ । मस्ककोमा ६८ अर्बपति छन् । रिर्पोट अनुसार आठौं र नौं स्थानमा चीनका दुई शहरहरु रहेका छन् ।

ति शहरहरु हाङ्गझाउ ६८ अर्बपति र गुआन्जाउ ६१ अर्बपतिका साथ नौं स्थानमा हुन् । उक्त सुचीको अन्तिम अर्थात १० औं स्थानमा ६० अंकका साथ भारतको मुम्बई रहेको छ ।

https://twitter.com/theworldindex/status/1368998547094450183

सम्बन्धित खबरहरु