nepali-teamनामिबियामा जारी आईसिसी क्रिकेट लिग डिभिजन टु मा नेपालले आयोजक टोली नामिबियालाई समेत हराउदै लगातार तेस्रो जित दर्ता गरायो । बुधबार भएको खेलमा नामिबियालाई ३ विकेटले हरासँगै नेपालले डिभिजन एकमा उक्लिने आधार बलियो बनाएको हो  । टस जितेर फिल्डिङ उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ३७.५ ओभर गुमाउदै निर्धारित लक्ष्य पुरा गरेपछि  आयोजक टोली नामिबियाले ३ विकेटको पराजय भोग्यो ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनायो । उसलाई सस्तैमा समेट्ने क्रममा करण केसीले तीन विकेट लिए भने सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले समान २-२ विकेट लिए ।
cric-2
जवाफी व्याटिङमा उत्रिएको नेपाललाई सुरुवातमै झट्का लाग्यो ।
ओपनर व्याट्स म्यान नरेश वुढाएरको स्थानमा नामिवियाविरुद्ध क्रिजमा उत्रिएका सागर पुन ७ रन जोड्दै पेभिलियन फर्किए भने सुवास खकुरेल २५ बलमा ४ रन बनाउँदै आउट भए । त्सपछि नेपालको इनिङ्स कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले । नेपालको इनिङ्स सम्हालेका कप्तान पारसले ६४ रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाए ।
cric-3
यस्तै विनोद भण्डारीले १८ , शरद भेष्वाकरले ७ रन जोडे भने आरिफ शेख एक रनमै पेभिलियन फर्किए । यस्तै बसन्त रेग्मी ५ र सोमपाल कामी २ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको नामिवियाले ४९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रनको योगफल तयार पारेको थियो । नामिवियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले ३, सोमपाल कामी, शक्ति गौचन र बसन्त रेग्मीले  समान दुई–दुई विकेट लिएका थिए ।
cric-4
यसअघि पहिलो खेल नेपाल युगान्डासँग २ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई २ विकेट र क्यानडालाई ७ विकेटले पराजित  गरेको थियो ।

विस्तृत अंक तालिकाको लागि यहाँ क्लिक गर्नुहोला

सम्बन्धित खबरहरु