काठमाडौं । एक जना नेपाली उबर (ट्याक्सी) चालकमाथि ग’लत व्यव’हार ग’र्ने युवती पक्राउ परेकी छिन् । अमेरिकामा उबर चलाउँदै आएका सुभाकर खड्कामाथि दु’र्व्यव’हार गर्ने युवती पक्राउ परेकी हुन् । सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेको जानकारी दिएको छ ।

उनीमाथि दु’र्व्यवहा’र र लु’टपा’टको मुद्दा दर्ता गरिएको छ । गत सोमबार तीन युवतीले चालक खड्कालाई दु’र्ववहा’र गरेको भिडियो भाइरल भएको थियो । खडकाले ती युवतीलाई मास्क लगाउन आग्रह गरेपछि ती युवतीले दु’र्व्यवहा’र गरेकी थिइन् ।

उक्त भिडियो विश्वार भाइरल भएपछि ति युवतीले अर्को विरोधको सामना पनि गर्नुपर्यो । उनले मार्च ८ का दिन अमेरिकाको सान फ्रान्सिस्को बेभ्यू क्षेत्रबाट ती तीन यात्रुलाई गाडीमा चढाएका थिए । उनले ती मध्येकी एक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि उनीहरुले दु’व्र्यव’हार गर्दै मोबाइल पनि खोसेको भिडियो बाहिर आएको थियो ।

उनले खड्काको मोबाइल समेत खोसेकी थिइन् । ति युवतीसँगै ट्याक्सीमा उनका साथिहरु पनि थिए । यात्रुले मास्क नलगाएपछि सुभाकरले विनम्रतापूर्वक मास्क लगाएका कारण आफूले ट्रिप रद्द गर्न लागेको भन्दै उनीहरुलाई गाडीबाट ओर्लिन भनेको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा ती युवतीहरूले उनलाई गा’ली ग’र्ने, उनको अगाडि मास्क ह’ल्लाउने, उनलाई हा’तपा’त ग’र्नेदेखि उनको फोन खो’स्ने प्रयास गरिरहेको देखिन्छ ।

यो घटनापछि सुभाकर सहयोगका लागि गो फण्ड मी पेज सुरु गरिएको छ । हालसम्म एक करोड भन्दा धेरै जम्मा भएको छ । सुभाकरले यो रकम नेपालमा भएकी पत्नी र ८ वर्षका छोरालाई पठाउने जानकारी दिएका छन् ।

Dion Lim on Twitter: “⚠️ 𝗪𝗔𝗥𝗡𝗜𝗡𝗚: 𝗘𝗫𝗣𝗟𝗜𝗖𝗜𝗧 𝗟𝗔𝗡𝗚𝗨𝗔𝗚𝗘 ⚠️ Uber driver Subhakar told me he picked up 3 women in the Bayview yesterday & after asking one to wear a mask was subject to slurs, taunting & one grabbing his phone. He’s taking a few days off. SFPD is investigating. https://t.co/o99pOooWsw” / Twitter

सम्बन्धित खबरहरु