काठमाडौं । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुलाई ठुलो सफलता मिलेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ११ महिने बालकको कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको टोलीले गरेको हो ।

शिक्षण अस्पतालमा पहिलो पटक सबै भन्दा कम उमेरको बालकको कलेजो प्रत्यारोपण भएको अस्पतालले जानकारी दिएको छ । काभ्रे घर भएका ति बालकका ३५ वर्षिय बुबाले कलेजो दान गर्नुभयो ।

शिक्षण अस्पतालले हालसम्म ५ जनाको कलेजो प्रत्यारोपण गरेको छ । प्रत्यारोपणका लागि भारतबाट केही चिकित्सक पनि आउने गरेका छन् ।

 

सम्बन्धित खबरहरु