काठमाडौ । म्यानमारमा सैनिक कूविरूद्ध आन्दोलन गरिरहेका प्रदर्शनकारीले फेब्रुअरी १ को कूमा मौनता साँधेको उत्तरी छिमेकी चीनलाई नि'शाना ब'नाउन थालेका छन्। आइतबार यांगुनको लाइङथाया औद्योगिक क्षेत्रमा रहेका चिनियाँ लगानीका उद्योगमा आ'गज'नी ग'रिए'को छ। उद्योगमा आ'गज'नीपछि प्र'हरीले च'लाएको गो'ली ला'गेर कम्तिमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

एसिस्टेन्स एसोसियसन फर पोलिटिकल प्रिजनर्स संस्थाका अनुसार अन्य ठाउँका प्रदर्शनमा आइतबार थप १६ जना प्र'दर्शनकारी पनि मा'रिए'का छ'न्। मृत्यु हुनेमा एक जना प्रहरी पनि छन्। म्यानमारस्थित चिनियाँ राजदूतावासले उद्योगमा रहेका केही चिनियाँ नागरिक पनि घाइते भएको जनाएको छ। उसले म्यानमारमा रहेको चिनियाँ सम्पत्तिको सुरक्षा गर्न पनि भनेको छ। म्यानमारका धेरै नागरिक चीनले जुन्ता सरकारलाई सघाइरहेको छ भन्ने ठान्छन्।

औद्योगिक क्षेत्रबाट आगोको मुस्लो निस्किएपछि सुरक्षाकर्मीले प्र'दर्शनकारीमा'थि गो'ली हा'न्न था'ले'का थिए। 'यो अ'त्यास'ला'ग्दो थियो। मे'रै आँखाअगाडि मा'निसहरूलाई गो'ली हा'नि'यो। यो कुरा म कहिल्यै भुल्न सक्ने छैन,' एक जना फोटो पत्रकारले भने।

लाइङथाया र आसपासका क्षेत्रमा अहिले मार्सल ल लागू गरिएको छ। सेनाद्वारा सञ्चालित टेलिभिजनले चार वटा गार्मेन्ट उद्योग र एउटा मल बनाउने कारखानामा आ'गजनी भ'एपछि सुरक्षाकर्मीले कारबाही गरेको जनाएको छ।

आइतबारको भएका मृत्युसँगै म्यानमारमा सैनिक कूविरूद्धको आन्दोलनमा अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ५० जनालाई पक्राउ गरिएको छ। चिनियाँ दूतावासले आइतबारको घटनापछि परिस्थिति निकै नाजुक भएको बताएको छ तर सु'रक्षाकर्मीको गो'लीले मा'रिए'का प्र'दर्शनकारीबारे भने कुनै प्रतिक्रिया दिएको छैन।

'म्यानमारले हिं'सा'त्मक ग'तिवि'धि रो'क्नका लागि प्रभावकारी कदम चाल्न, दोषीलाई कानुनअनुसार द'ण्डित गर्न र म्यानमार रहेका चिनियाँ नागरिक र सम्पत्तिको सुरक्षा गर्न चीन आग्रह गर्दछ,' दूतावासको विज्ञप्तिमा भनिएको छ। चिनियाँ लगानीका उद्योगमा भएको आ'गज'नीको कुनै समूहले जिम्मा लिएको छैन। तर सामाजिक सञ्जालमा भने मानिसहरू चीनविरूद्ध खनिएका छन्। दूतावासको फेसबुक पेजमा हजारौंले नकारात्मक प्रतिक्रिया लेखेका छन्।

फेब्रअरी १ को कूपछि पश्चिमा मुलुकले जसरी बेइजिङले कूको विरोध नगरेपछि म्यानमारमा चीनविरोधी भावना बढेको छ। 'तिमी म्यानमारमा शान्तिसँग व्यापार गर्न चाहन्छौ भने म्यानमारका जनतालाई सम्मान गर,' एक जना प्रदर्शनकारीले फेसुबकमा लेखेकी छन्। चिनियाँ कम्पनीहरूले म्यानमारका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेका छन्।

सम्बन्धित खबरहरु