काठमाडौ । नेपालको राजनीतिमा देशी–विदेशी शक्ति नै चकित हुनेगरी अर्को झड्काको तयारी भइरहेको उच्च स्रोतको दावी छ । अब नेकपा एमालेमा मात्र बहुमत देखिने जनादेश आएको भन्दै एक गोप्य योजनाको खुलासा भएको छ ।

यसका लागि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधबकुमार नेपालबीच मोटामोटी फोनवार्ता भइसकेको छ । यसलाई मुर्त रुप दिन आज पार्टी कार्यालय धुम्बाराहीमा नै औपचारिक वार्ता हुँदैछ । वार्तामा ओलीले कार्यकारी पार्टी अध्यक्षको रुपमा नेपाललाई प्रस्ताव गर्ने, नेपालले केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा निरन्तरताका लागि प्रस्ताव स्वीकार गर्ने बुझिन्छ ।

यसपछि अहिले माओवादी केन्द्रबाट केही सांसद आइसकेका र अरु केही तान्ने, साथै जनता समाजवादी पार्टी (जसपा) बाटपनि केही सांसद तान्ने । उनीहरुलाई ल्याउन अहिले राजनीतिक दलसम्बन्धि ऐन २०७२ बाधक छ । यसका लागि यो ऐनलाई अध्यादेश मार्फत प्रतिस्थापन गर्न सकिन्छ । तर संसदको अधिवेशन जारी छ ।

संसदको बैठक जारी रहेका बेला सरकारले अध्यादेश ल्याउन पाउँदैन । संसदबाट नै यो कानून परिमार्जन गर्न सम्भव छैन । यसैले संसद बैठक नै अन्त्य गर्दै राजनीतिक दल सम्बन्धि ऐन २०७२ लाई प्रतिस्थापन गर्ने अध्यादेश जारी गर्ने योजना उनीहरुको छ ।

यसका लागि ओलीले हिँजो राति बसेको मन्त्रीपरिषद् बैठकमा निर्णय नै गराएको हुनसक्ने उच्च स्रोतको दावी छ । माओवादी र जसपाका सांसदलाई एमालेमा प्रवेश गराएर अब एमालेको मात्र बहुमतको सरकार बनाउने ।

आगामी चुनावमा जित पक्का गर्नपनि उक्त पार्टीबाट पार्टी छोडेर केही सांसद आउन तयार रहेकाले यही मोडल अन्तिम रुप दिन अहिले ओली–नेपाल भेटवार्ता जारी छ । यो नेपाली राजनीतिमा विशेष झड्का हुनसक्छ ।

सम्बन्धित खबरहरु