काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक डाक्नु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाउनुभएको हो ।

गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले राष्ट्रिय एकता अभियानसुरु गर्नु भएको थियो ।

विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको हो । आज नै प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुसँग भेट गर्नुभएको छ ।

सम्बन्धित खबरहरु