काठमाडौं । नेपाली सेनाले पछिल्ला दिनमा वातावरण संरक्षण तथा पर्यापर्यटन विकास र विस्तार कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

सेना दिवसका अवसरमा पर्सा राष्ट्रिय निकुुञ्जलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने ध्येयले सेनाले निजगढ र जितपुुरका स्थानीय तहको सहकार्यमा ‘आधाभार–हात्तीसार जङ्गल फायरलेन क्रस कन्ट्री ५५ किमी साइक्लिङ २०७७ ’आयोजना ग¥यो ।

सो कार्यक्रमको समापनका अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय निकुुञ्जलाई पर्यटन गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक कार्यक्रम घोषणा हुन आवश्यक रहेको बताउनुुभयो । उहाँले भन्नुुभयो, “निकुुञ्ज क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सके स्थानीयवासीको जीवनस्तर उकास्न योगदान पुुग्छ, राज्यको समेत आयस्रोत बढ्छ ।”

जिल्लास्थित नेपाल पर्यटन बोर्ड, होटेल एसोसिएशन अफ नेपाल र साइक्लिनिङ राइडरको समन्वय र सहकार्यमा आयोजना गरिएको ५५ किमी दूरीको उक्त कार्यक्रममा पूूर्वप्रधानसेनापति गौरवशम्शेर जबरा, विश्व साइकलयात्री तथा मुुलुकको पर्यटन क्षेत्रमा आबद्ध सङ्घसंस्थाका प्रतिनिधि सहभागी हुनुुहुन्थ्यो । उक्त साइकल दौडमा २२० सहभागी थिए ।

सेना दिवसकै अवसरमा ४ नं बाहिनी अड्डाले बाँके र बर्दियाको पर्यापर्यटन, प्रकृति संरक्षण प्रवद्र्धन, प्रचारप्रसार एवं वतावरण संरक्षणसम्बन्धी जनचेता अभिवृद्धि गर्ने उद्देश्यले २१ किमी दूरीको प्रकृति संरक्षण दौडको आयोजना ग¥यो ।

उक्त प्रतियोगितामा पुुरुषतर्फ शिवबहादुर रायमाझी प्रथम, भेषराज बास्तोला द्वितीय र ललित शाही तृतीय हुनुुभयो । महिलातर्फको १० किमी दूरीको प्रतियोगितामा रोजिना भण्डारी प्रथम, सीता चौधरी द्वितीय र पूूर्णिमा खड्का तृतीय स्थान प्राप्त गर्न सफल हुुनुुभयो ।

सोही उपलक्ष्यमा बाहिनीले २५ किमी दूरीको पहिलो प्रकृतिक संरक्षण साइकिल दौड प्रतियोगिता आयोजना गरेको थियो । साइक्लिङतर्फ सुुरज राना प्रथम, बाबुुराम विश्वकर्मा द्वितीय र जितु चौहान तृतीय हुुनुुभयो ।

महिलातर्फ सुनसरीका इन्द्रकुमारी तामाङ र विदिशा चौधरी तथा नेपालगञ्जकी पार्वती सार्की क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो ।

सम्बन्धित खबरहरु