काठमाडौ । नेकपा एमाले (ओली समूह) ले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। भोलिबाट लागू हुने गरी बुधबार केपी ओली नेतृत्वको नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिनुभयो ।

यो एमाले अध्यक्ष केपी शर्मा ओली समूहको परीक्षण संघर्ष भएको बुझिएको छ । समर्थन फिर्ता लिँदा अरुले के गर्छन् भनेर हेर्नका लागि यही बाट सुरु गरेको उच्च स्रोतको दावी छ । तर ओली समूहले समर्थन फिर्ता लिएपनि माधबकुमार नेपाल पक्षले समर्थन कायम रहेको बताएको छ ।

यसले हेर्दा केन्द्रसम्म नै अब माधबकुमार नेपाल माओवादीसँग सहकार्य गर्न तयार रहेको हो भन्ने देखियो एक नेताले बताए । कर्णालीमा नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादु शाही मुख्यमन्त्री छन् । नेकपा रहँदा भागवण्डामा यहाँ माओवादीको परेको थियो ।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि यो निर्णयप्रति एमाले नेपाल गुटले आपत्ती प्रकट गरेको छ। नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै काउन्टरमा माधव नेपाल समूहले त्यसलाई चुनौती दिएको हो।

नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ, आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका नेकपा एमालेका सांसद प्रकाश ज्वालाले भन्नुभयो ।

आज प्रधानमन्त्री केपी शर्मा ओली समूहका प्रदेश सांसदहरुको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन लिने निर्णय गरेको सुनेको छु त्यो आधिकारीक हैन ।

आज संसदीय दलको बैठकमा सांसदहरू यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर रोकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, कौशिलावती खत्री र पद्ममा खड्का हुनुहुन्थ्यो । उहाँहरु ओली पक्षधर हुनुहुन्छ ।

 

सम्बन्धित खबरहरु