काठमाडौ । सत्तारुढ दल नेकपा एमाले गम्भीर संकटमा फसेको छ । राजनीतिक परिघटनाले जटिल मोडमा भने एमालेलाई पुर्याएको छ । पार्टी लगभग चिरा पर्ने अवस्थामा पुगेको छ । दुबै समूहले समानान्तर कमिटी बनाएर आफ्ना गतिविधि बढाएका छन् ।

बरिष्ठ नेता माधबकुमार नेपाल समूह अहिले भेलामा व्यस्त छ भने प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । नेपाल पक्षको भेलालाई ओली समूहले पार्टी फुटाउने गटको भेला भनेको छ । यही बेला नेपाल समूहका सांसदहरु पार्टी अध्यक्ष तथा संसदीय दलको नेता ओलीले बिहीबार बोलाएको संसदीय बैठक अस्वीकार गर्ने भएका छन् ।

बुधबार सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त भएकाले बैठकमा जान नसक्ने सांसद एवं सचिव योगेश भट्टराईले स्पष्ट पार्नुभयो । आफूहरुको राष्ट्रिय भेलाबारे प्रधानमन्त्री एवं संसदीय दलको सचिवालयलाई जानकारी रहेको भन्दै उहाँले ‘दलको बैठकमा जान कुनै समस्या छैन । तर भेलामा व्यस्त भएकाले भोलिका लागि बोलाइएको बैठकमा उपस्थित हुन सक्दैन भन्ने जानकारी दिइसकेको बताउनुभएको छ ।

संसदीय दलको बैठकमा मात्र हैन ७ चैतमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि नजाने नेपाल समूहको एकमत छ । सर्वोच्च अदालतको आदेशअनुसार एमालेलाई संगठन र विचारका रुपमा २ जेठ २०७५ मा फर्काउन तयार भएपछि मात्र केन्द्रीय कमिटीको बैठकमा जाने यो समूहको अडान छ । यो अडानमा ओली तल कुनै हालतमा नजाने अडानमा हुनुहुन्छ । यो जटिल अवस्थामा अब संसदीय अभ्यास कसरी अघि बढ्छ भन्ने चिन्ताको विषय बनेको छ ।

सम्बन्धित खबरहरु