काठमाडौ । साहित्यको फाँटमा अर्को उत्कृष्ट सृजना उम्रिएको छ । साहित्यकार मुना भण्डारीले २०४६ सालदेखि लेखेका कविता, गीत, गजलहरुको संग्रह प्रकाशित गरेर नेपाली साहित्यको भण्डारमा एउटा इटा थप्नुभएको छ ।

उहाँको यो कृति प्रकाशित भएपछि नेपालका उत्कृष्ट लेखक, साहित्यकारहरुलेपनि मिश्रित प्रतिक्रिया दिनुभएको छ । लेखन कलामा उहाँ अब्बल रहेको यो कृतिले प्रस्ट पारेको यही क्षेत्रमा कृयाशिलहरुको प्रतिक्रिया छ । कृति “मनका छालहरु” मा समेटिएका कविता, गीत, गजलहरुले सबैको मन छोएको छ ।

रचना पढ्दा मेरै कथा, कहानी वा वेदना पो हो की भनेर पाठकले अनुभुती गर्ने खालको कृति जन्मिएको भन्दै सबैले लेखिका भण्डारीको प्रसंशा गर्नुभएको छ । उक्त कृति बजारमा आइसकेको छ । कुनैपनि पुस्तक पसलमा गएर सोध्न, खोज्न सक्नुहुनेछ ।

सम्बन्धित खबरहरु