काठमाडौं । नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मध्यबानेश्वरले पदपुर्तिसम्बन्धी अत्यन्तै जरुरी सुचना प्रकाशित गरेको छ ।

आजको गोरखापत्र दैनिकमा प्रकाशित सुचनामा भनिएको छ, ‘लोकसेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम देहायको सेवा समूहका रिक्त रहेका पद्म खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायीपदपूर्ति गर्नुपर्ने भएकोले निम्न अनुसारका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यस केन्द्रको दरखास्त फारममा भएको विवरण भरी आफूले प्राप्त गरेको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु उमेरदार स्वयंले प्रमाणित गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति फारमको निर्दिष्ट स्थानमा टाँसी प्रथमपटक विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र र थप ७ दिनभित्र दोब्बर दस्तुर बुझाई दरखास्त दर्ता गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट गर्न सकिनेछ । रित नपुगेको वा म्याद नाघी प्राप्त हुन आएको दरखास्त उपर कुनै कारवाही हुनेछैन ।’

सम्बन्धित खबरहरु