काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफु देश विकासका लागि आएको बताउनु भएको छ । नेपालका उद्योगी व्यवसायीले सरकारको प्रभावकारी नीतिका कारण उद्योग वाणिज्य क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै सरकार अझ व्यवसायीमैत्री नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेसँगै प्रधानमन्त्री ओलीले आफूहरुले निकट भविष्यमा देशको आर्थिक परिचय बदल्न चाहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले उद्योगी व्यवसायीसँग गरेको छलफल कार्यक्रममा ठूलै प्रगति गरेको दावा पनि गर्नुभयो । उहाँले अब सरकारले गर्ने काम असाधारण भएको पनि उल्लेख गर्नुभयो । तीन वर्षमा पूर्वाधार विकासको पक्षमा पनि धेरै काम भएको उहाँको जिकिर रहेको छ । प्रधानमन्त्री ओलीले आधुनिक नेपालतर्फ जाँदै गरेको तर्क पनि गर्नुभयो । उहाँले नेपाल ‘इतिहास झल्किने, आधुनिक टल्किने’ मूल नाराका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

सम्बन्धित खबरहरु