काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान कोरोना संक्रमित हुनु भएको छ । कोरोना भाइरसविरुद्धको खोप लगाएपछि खान कोरोना संक्रमित हुनु भएको हो । पाकिस्तानका स्वास्थ्यमन्त्री एवं स्वास्थ्य सम्बन्धी उहाँका सहयोगी डा. फैसल सुल्तानले ट्विटरमार्फत पुष्टि गर्नुभयो ।

दुई दिन पहिले उहाँले खोपको पहिलो डोज लिनु भएको थियो । खोप लगाउँदै उहाँले आवश्यक सावधानी अपनाउँदै कोरोनाबाट बच्न ढुक्क भएर खोप लगाउन अनुरोध गर्नुभएको थियो । हिजो प्रधानमन्त्री खैबर पख्तूनख्वाको भ्रमण गर्नुभयो । चिनियाँ साइनोफर्म खोप लगाएको ४८ घण्टापछि उहाँ कोरोना संक्रमित भएको पुष्टि भएको हो ।

भ्रमणमा रहँदा मलाकन्द विश्वविद्यालयको भ्रमण गर्दै नयाँ शैक्षिक ब्लकको उद्घाटन गर्नुभयो । विद्यार्थीहरूको भेलालाई सम्बोधन पनि गर्नुभयो । उहाँले स्वाट मोटरवेको पनि भ्रमण गर्नुभयो, जहाँ उहाँले स्वाट एक्सप्रेसवेको उद्घाटन पनि गर्नुभएको थियो ।

https://twitter.com/fslsltn/status/1373204642734223361

सम्बन्धित खबरहरु