काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्रको विवाद लगातार बढ्दै गइरहेको छ । यो बीचमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले संसदीय बोर्डमा बस्न अस्वीकार गर्नुभएको खबर बाहिर आएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संसदीय दलको अघिल्लो बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको थियो । उक्त बोर्डमा खनाल र नेपाल पनि हुनुहुन्थ्यो ।

शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने स्पष्ट पार्नुभएको हो । उहाँले आफु र झलनाथ खनाल दुई जना बबुरोहरुलाई कृपादृष्टि पुर्याएर ओलीले ठाउँ दिएको उहाँको तर्क रहेको छ ।

आफुहरुले नभनेको बताउँदै उहाँले बोर्डमा नबस्ने घोषणा गर्नुभएको हो । बोर्ड गठन बैधानिक हुनुपर्ने भन्दै छलफल गरेर अगाडि बढे आफूहरु तयार रहेको पनि उहाँले खुलस्त पार्नुभयो ।

सम्बन्धित खबरहरु