काठमाडौं । ४० वर्षसम्म भारतका विभिन्न जेलमा बन्दी जीवन बिताएर दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) माइ नगरपालिका वडा नम्बर १० लुम्बाकस्थित घर पुग्नु भएको छ ।

घर पुगेसँगै उहाँले आमालाई भेट्नु भएको हो । वर्षौंदेखि अलग्गिएको छोरासँग भेट हुँदा ८५ वर्षीया आमा धनमाया खुसी हुनु भएको छ । दुर्गाप्रसादको पर्खाइमा आमा, आफन्त र गाउँले नै भेला भएर उहाँलाई स्वागत गर्न आत्तुर थिए ।

अदालतको आदेशपछि शनिबार दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) लाई कोलकातास्थित दमदम जेलबाट रिहा गरिएको थियो । दुर्गा प्रसादलाई लिन उहाँका भाइ प्रकाशचन्द्र, कोलकातास्थित नेपाली वाणिज्य दूतावासका सचिव सतिश थापालगायतको टोली कोलकाता पुगेको थियो ।

सम्बन्धित खबरहरु