काठमाडौं । इजरायली मतदाताले दुई वर्षको अन्तरालमा मङ्गलबार चांैथो पटक सम्पन्न निर्वाचनलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बहुमत दिने निश्चित भएको छ ।

यद्यपि नेतन्याहुलाई सरकार गठनका लागि चाहिने स्पस्ट बहुमत भने नमिल्ने देखिएको छ । इजरायलको १२० सदस्यीय निर्वाचनमा सरकार गठनका लागि ६१ सीट सङ्ख्या आवश्यक पर्छ ।

नेतन्याहुको लिकुड पार्टीले सरकार गठनका लागि एक सदनात्मक संसदमा बहुमत नआउने देखिएपछि आन्तरिकरूपमा गठबन्धनको तयारी थालेको छ । इजरायलको सरकारको नेतृत्यमा विगत १२ वर्षदेखि निरन्तर रहनुभएका नेतन्याहुले आगामी कार्यकाल पनि सरकारको नेतृत्व गर्ने सम्भावना बढेको छ ।

इजरायलमा अनुभवी नेताका रूपमा चिनिने नेतन्याहुलाई इजरायलीहरूले कोभिड–१९ विरूद्धको खोपलाई सर्वप्रथम धेरै नागरिकबीच पु¥याउन सफल भएको श्रेय मिलेको छ ।

उहाँलाई संयुक्त अरब इमिरेट्स र अन्य तीन अरब राष्ट्रहरूसँगको सम्बन्धलाई सामान्य बनाउने कूटनीतिक कदमले पनि उहाँलाई यस पहिलेको तुलनामा निर्बाचनमा लोकप्रिय देखाएको छ ।

उहाँको भ्रष्टाचार मुद्दालाई विपक्षीले सशक्त उठाउन नसक्नु पनि नेतन्याहुका लागि निर्वाचनमा सकारात्मक वातावरण बनेको छ । यसको मतलब इजरायलले तीन सम्भावित नतिजाहरुलाई हेरिरहेको छ ।

पहिलो नेतन्याहूको नेतृत्वमा अर्को गठबन्धन, वैचारिक रुपमा विभाजित सरकार उहाँको विपक्षमा मात्र एकताबद्ध हुनु र पाँचौं निर्वाचनको सम्भावनालाई टार्ने विकल्प उहाँको सरकार गठनका लागि एक उपयुक्त आधार हुने देखिएको छ ।

लामो राजनीतिक गतिरोधले इजरायलको सबैभन्दा लामो समय सेवा पु¥याउने प्रधानमन्त्री नेतान्याहूलाई स्थिर गठबन्धनको लागि बारम्बार प्रयत्न र असफल भएको देखेको छ ।

मङ्गलबारको निर्वाचनले तत्काल निश्चितता ल्याउन नसक्ने राजनीतिक विश्लेषक तथा सर्वेक्षणकर्मी डालिया शियान्डलिनले बताउनुभयो ।

“नेतान्याहू समर्थक दलहरू वा नेतान्याहू बिना गठबन्धन गठन गर्न खोजिरहेका दलहरूका लागि केही निर्धारक परिणामहरू आउन सक्छन्,” उहाँले भन्नुभयो । यो निर्वाचनमा कुनै पनि पक्षले सरकार गठनका लागि प्रशस्त मत ल्याउने यसबाहेकका निर्णायक आधारहरू भने देखिँदैन ।

सम्बन्धित खबरहरु