संयुक्त राष्ट्रसंघसहित अन्तराष्ट्रिय समूदायले नेपालका राजनीतिक दलहरुबीच पछिल्ला दिनहरुमा तनाव बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

jamie-mcgoldrickसाथै वृहत राष्ट्रिय स्वार्थका लागि लचकता र महत्वका साथ संवैधानिक सम्वादलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

नेपालस्थित अन्तराष्ट्रिय कुटनीतिक समुदायका तर्फबाट विज्ञप्ती जारी गर्दै राष्ट्रसंघका आवासीय संयोजक जेम्मी म्याकगोल्डरिकले समावेशी संविधान सुरक्षित गर्नका लागि आफ्ना प्रयासहरुलाई दोब्बर पार्न नेपालका दलहरुलाई आग्रह गरे ।

संविधान देशलाई सुदुर भविष्यसम्म दिशानिर्देश गर्ने दस्तावेज भएको भन्दै उनले यसको शान्तिपूर्ण कार्यान्वयनका साथै स्थिरता कायम गर्नका लागि संविधानमा नेपाली जनताको सबैभन्दा फराकिलो समर्थन आवश्यक रहेको रहेको बताए ।

हिंसा तथा हिंसाको धम्कीप्रति खेद व्यक्त गर्दै अन्तराष्ट्रिय समुदायले सबै दलहरुलाई वार्ताको टेबुलमा फर्किन आग्रह गरेका छन् । यो समय राजनीतिक दलहरुका लागि आफ्नो नेतृत्व प्रदर्शन गर्ने र ऐतिहासिक जिम्मेवारी पूरा गर्ने भएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबरहरु