काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियास्थित पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी १३ वर्षीया अञ्जलीकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखरीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु