काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । राजदूत यान्छीले सोमबार बिहान ९ बजे दाहाल निवास खुमलटार पुगेर भेट गर्नुभएको हो ।

दाहाल निकट एक नेताले भेटको पुष्टि गर्दै समसामयिक विषयमा छलफल भएको जानकारी दिनुभयो । विगतमा तत्कालीन नेकपामा विवाद हुँदा उहाँको सक्रियता बढ्ने गरेको थियो । फागुन २३ गते अदालतले एमाले र माओवादीबीचको एकता बदर गरिदिएपछि राजदूत यान्छीले पहिलोपटक दाहाललाई भेट्नु भएको हो ।

 

 

सम्बन्धित खबरहरु