काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले अत्यन्तै जरुरी सुचना प्रकाशित गरेको छ । त्रिविले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधिको विषय तेस्रो वर्ष छैठौं शत्र–२०७४ समूहको परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको हो ।

सुचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन गरिने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय तेस्रो वर्ष छैठौं शत्र–२०७४ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षा मिति २०७८ बैशाख १७ गतेदेखि सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु