काठमाडौं । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थानले महत्वपूर्ण सुचना प्रकाशित गरेको छ । पुल्चोक क्याम्पसले सरसफाईकर्मी कामदारहरु ठेक्कामा लिने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

सुचनामा भनिएको छ, ‘इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पस परिसर भित्रका भवन, कार्यकक्ष, कक्षाकोठा, छात्रावास, बगैंचा, बाटो लगायतका क्षेत्रहरु सरसफाईका लागि १६ जना सफाई कामदार ठेक्का करारमा राख्नुपर्ने भएकोले उल्लेखित संख्यामा सरसफाई कामदारहरु ठेक्का करारमा उपलब्ध गराउन ईच्छुक रजिष्टर्ड कम्पनी वा एजेन्सीहरुबाट २०७७–१२–०६ देखि २०७७–१२–२६ गते १ः०० बजे भित्र शिलबन्दी बोलपत्र आव्हान गरिएको छ । बोलपत्रसाथ आफुले कबोल गरेको कुल रकमको २.५ प्रतिशत जमानत रकम सिद्धार्थ बैंक लिमिटेड, पाटनढोका, ललितपुर स्थित यस क्याम्पसको खाता नं. ००९१५०१९२०३ मा रु.३००० ।– (फिर्ता नहुने) जम्मा गरी सक्कल बैंक भौचर क्याम्पस प्रशासनमा पेश गरी प्राप्त गर्न सकिनेछ । अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न सकिनेछ ।’

सम्बन्धित खबरहरु