काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गर्ने फैसला पुनरवलोकनका लागि निवेदन दिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गर्नुभएको थियो ।

पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानका अनुसार नेताहरुले पुनरवलोकनमा जाँदा के–के विषय उठाउने भनेर परामर्श गर्नुभएको हो । अब छिट्टै फैसला पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने सांसद देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेसँगै नयाँ बहस सुरु भएको छ ।

सम्बन्धित खबरहरु