काठमाडौं । नेपालमा अब महंगा गाडी सहजै उपलब्ध हुने भएका छन् । सरकारले महंगा गाडी आयातमा लगाएको प्रतिबन्ध खुलाएसँगै मुल्य घट्ने भएको हो । सरकारले कोरोनाका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै गाडीमाथि रोक लगाएको छ ।

सरकारले २०७६ को चैत १६ गतेदेखि ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका गाडी आयातमा रोक लगाउने निर्णय गरेको थियो । अघिल्लो वर्ष लकडाउन लागू भएपछि विदेशी मुद्राको खर्चलाई रोक्न सरकारले महंगा गाडीको आयातमा रोक लगाएको सरकारी तर्क थियो ।

अब उद्योग वाणिज्य तथा आपूर्ति मन्‍त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर ५० हजार अमेरिकी डलरभन्दा महंगा गाडीको आयात खुलाएको हो । अर्कोतिर सरकारले अघिल्लो वर्षदेखि आयातमा प्रतिबन्ध लगाएका मरिच,केराउ, छोकडा र सुपारी आयातमा लगाएको प्रतिबन्ध पनि खुलाएको जानकारी दिएको छ ।

तर, सरकारले यी वस्तुको आयात गर्ने वार्षिक कोटा निर्धारण गरेको छ । मन्त्रालयका अनुसार केराउ ८० हजार मेट्रिकटन ,सुपारी २५ हजार, छोकडा ५ हजार मेट्रिकटन र नधुल्याएको मरिच १५ हजार मेट्रिकटन आयात गर्न पाइने छ ।

 

सम्बन्धित खबरहरु