काठमाडौं । भारत–पाकिस्तानबीचको मित्रता अगाडि बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई एक पत्र पठाउनु भएको छ । मोदीले खानलाई सम्बोधन गर्दै पाकिस्तान राष्ट्रिय दिवसको बधाई दिनु भएको हो ।

प्रधानमन्त्री मोदीले एक पत्र लेखेर भारत छिमेकी देशहरूसँग विश्वासको सम्बन्ध कायम गर्न तयार भएको बताउनु भएको छ । मोदीले आ’तंक’वा’दको लागि कुनै ठाउँ नभएको पनि प्रष्ट पार्नुभएको छ ।

मोदीले भन्नु भएको छ, ‘भारत पाकिस्तानसँग मैत्री सम्बन्ध चाहन्छ र मित्रताका लागि आ’तंक’मु’क्त वातावरण आवश्यक छ ।’ इमरान खानलाई लेखेको पत्रमा प्रधानमन्त्री मोदीले भारत पाकिस्तानसँग सुमधुर सम्बन्ध चाहन्छ भनिएको छ ।

सम्बन्ध कायम गर्नका लागि आपसी विश्वास र आ’तंक’वाद’को अन्त्य आवश्यक रहेको भनिएको छ । प्रधानमन्त्री मोदीले यस अघि पनि कोरोना संक्रमित हुनु भएका खानको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु