बाँके । आफ्नै २३ वर्षीया बुहारीलाई म'ट्टीते'ल छ'र्कि आ'गो ल'गाई फ'रार अभियुक्त नरैनापुर गाउँपालिका-२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

दाईजोको निहुँमा २०७० चैत २ गते बुहा'रीलाई म'ट्टीतेल छ'र्कि आ'गो ल'गाई ज्या'न मा'र्ने उ'द्योग ग'रेको मु'द्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरीले सोही गाउँपालिका-१ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

हाल फरार रहेका पीडितका श्रीमान र सासुको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कर्यालय बाँकेले जनाएको छ ।

 

सम्बन्धित खबरहरु