काठमाडौ । घरमा खुशी र शान्ति धेरै महत्त्वपूर्ण छ। हास्य र खुशीको वातावरणले घर, धन र सम्पन्नताका साथसाथै सामाजिक स्थिति र सम्मान स्तर पनि बढावा दिन्छ। वास्तु शास्त्रका अनुसार घरमा केही चीजको ध्यान दिएर सुखद वातावरण सृजना गर्न सकिन्छ।

सकारात्मक उर्जाले घरमा समृद्धि ल्याउँदछ। परिवारका सदस्यहरूको हाँसो र खुशीको कारण पारिवारिक वातावरण रमाइलो हुन्छ। जसको कारण घरमा प्रगति हुन्छ, सम्पत्तीको साथसाथै आर्थिक र सामाजिक स्थिति पनि सुदृढ हुन्छ। तपालाई थाहा दिन्छ की यो कसरी सम्भव छ । यहाँ वास्तु सल्लाहहरू दिँदैछौ जसले परिवारमा खुशी र समृद्धि ल्याउन सक्छ।

वास्तुका अनुसार घरको उत्तर भागमा ढोका खोल्न वा पैसा र पैसाको दराज खोल्न शुभ मानिन्छ। साथै पैसाको लकर नजिक झाडू वा फोहर राख्ने डस्वीन जस्ता चीज कहिलै नराख्नुहोस्।

सम्पूर्ण घरमा सकरात्मक उर्जा कायम गर्न एक हप्तामा एक पटक पानीमा नुन मिस गर्नु पर्छ। वास्तु शास्त्रका अनुसार यो गरेर सबै दोषहरू हटाइन्छ। यसले एक दोष मुक्त घर आनन्दित वातावरण कायम गर्दछ। दिमागमा राख्नुहोस् कि बिहीबार नुनको पानी बनाएर घरमा छर्कनु हुँदैन।

वास्तुका अनुसार घरको उत्तर–पूर्वी दिशाको कुनामा कुचा राख्ने नजिक भाँडामा नुन राख्नुले घरमा सुख र समृद्धि ल्याउँछ। वित्तीय समस्याहरू हटाइएपछि, धन खोल्ने बाटो खुल्छ।

तपाईं सुत्नुहुने घरमा मन्दिर कहिल्यै नलगाउनुहोस्। वास्तुका अनुसार भान्छामा मन्दिर राख्नु पनि अशुभ मानिन्छ। यस कारणले गर्दा, घरमा झगडा बनाउछ ।

बाथरूमको प्रयोग पछि ढोका कहिले पनि खुला नछाड्नुहोस् । वास्तुका अनुसार घरमा नकारात्मक उर्जा आउने खतरा हुन्छ।

वास्तुमा भान्साकोठा वा बाथरूमको नलबाट पानी चुहिनेलाई पनि अशुभ ठानिन्छ। यस कारणले त्यहाँ पैसा गुमाउने खतरा छ। यो तत्काल बन्द गराउनुहोस् ।

घरको उत्तर वा पूर्वी दिशामा तुलसीको बोट रोप्नाले घरमा आनन्द र शान्ति ल्याउँछ र पारिवारिक कलह र संकटहरू पार हुन्छन्।

वास्तुमा सुतेको बेला ऐना खस्नु पनि शुभ मानिदैन। यस कारणले गर्दा श्रीमान् र श्रीमती बीचमा तनाव रहेको छ भन्ने देखिन्छ । यदि ओछ्यानको ठीक अगाडि तपाईंको शयनकक्षमा ऐना छ भने, त्यसपछि यो सुतेको बेला कभर हुनुपर्दछ। अन्यथा यसले सताउछ ।

यदि घरमा कहिँ पनि भाँचिएको सिसा छ भने, यसलाई तुरुन्तै फालिदिनुहोस्। यसले घरमा नकारात्मकता ल्याउँछ।

वास्तुले घरमा काँढावाला बिरूवा रोप्नु हुँदैन। काटिएको रूख पनि राख्नु हुँदैन । यसले कष्ट बढाउछ ।

 

सम्बन्धित खबरहरु