७ माघ, काठमाडौं । घोडा बर्षको विदाई र भेडा बर्षको स्वागत गर्दै तामाङ समुदायले २८ सय ५१ औं सोनाम ल्होछार विविध कार्यक्रम गरी मनाउँदैछन् ।ल्हुक ल्होछार मुल संयोजन समितिले ‘२८ सय ५१ औं ल्हु ल्होछार तामाङ एकताको पर्वको रुपमा मनाऔं, पूर्ण अधिकारसहितको अखण्डित ताम्सालिङ स्थापना गरौं’ भन्ने नाराकासाथ काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
समारोह अघि काठमाडौंका बिभिन्न स्थानबाट सांस्कृतिक झाँकी सहितको र्‍याली निकालिने छ ।
नेपाल तामाङ घेदुङको संयोजनमा १ सय २२ वटा भन्दा बढि तामाङ संघसंस्थाहरु जम्मा भएर ल्होछार मनाउन लागेको नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोनले जानकारी दिए ।
ल्होछारमा शुभकामना आदान प्रदान, मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण र बिभिन्न परिकार बनाएर खाने चलन छ । ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा राजनैतिक दलका नेताहरुले तामाङ समुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन् ।
चीन, भियतनाम, ताइवान, भुटान लगायतका देशहरुमा पनि भेडा बर्षको स्वागत गर्दै आजकै दिन नयाँ वर्ष मनाउने गरिन्छ ।

                                      
                                      

सम्बन्धित खबरहरु