काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थापाथली जानुहुने भएको छ । उहाँ पार्टी कार्यालय रहने भवन अवलोकनका लागि थापाथली जान लाग्नु भएको हो ।

बुधबार बिहान प्रधानमन्त्री ओली उक्त भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमंग मार्ग जाने जानकारी दिइएको छ । प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षाकर्मीहरू र पार्टीका केही नेता उपस्थित रहेको जनाइएको छ ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्न लागेको हो । सञ्जय अग्रवालको यो घर आजै सम्झौता गरेर एमालेले पार्टी कार्यालयका लागि भाडामा लिन लागेको हो ।

 

सम्बन्धित खबरहरु