काठमाडौ । राजधानी काठमाडौ सहित उपत्यकाका तीन जिल्लाले कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउने निर्णय गरेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ति जारी गरी सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कार्वाही गर्ने लगायतका केही प्रतिबन्धात्मक व्यबस्था गरेको छ ।

होली पर्वलाई घरमै मनाउन समेत जिल्ला प्रशासनहरुले आग्रह गरेका छन् । काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

भक्तपुरले अर्को सूचना जारी नभएसम्म मेला, जात्रा, सांस्कृतिक कार्यक्रमहरु नगर्न पनि निर्देशन दिएको छ । ललितपुर जिल्ला प्रशासनले राती ११ बजेदेखि रात्रीकालीन व्यवसाय संचालनमा रोक लगाउने निर्णय गरेको छ ।
हेरौ सूचना

सम्बन्धित खबरहरु