काठमाडौं । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर आउँनु भएका दुर्गा प्रसाद तिम्सिना ( दिपक) ले नेपाली नागरिकता पाउनु भएको छ । इलामको माई नगरपालिका–१० का दिपकले नागरिकताको प्रमाणपत्र पाउनु भएको हो । उहाँ ४० वर्ष भारतको कोलकत्तामा जेल जिवन भोगेर केहि दिन अघि आफ्नो घर पुग्नु भएको थियो ।

दिपकले आज जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिक्ता लिनु भएको हो । उहाँको नागरिकता नम्बर ०३ ०७ ०३२५१ रहेको छ । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले उहाँलाई नागरिकताको प्रमाणपत्र दिनु भएको हो ।

नागरिकता पाए पछि तिम्सिनाले आफूलाई खुशी लागेको बताउनुभयो । २०१७ साल साउन २० गते जन्मनु भएका तिम्सिनाको जन्म दर्ता, नागरिक्ता अहिले सम्म थिएन । तिम्सिनाको उपचार लगायत अन्य प्रक्रियाका लागि नागरिक्ता आवश्यक पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा नागरिक्ता बनाइएको हो ।

माई नगरपालिका १० नम्बर वडा कार्यालयबाट हिजो (बुधबार)नै दुर्गा प्रसादको नागरिक्ता बनाउनका लागि आवश्यक कागजपत्र तयार पारिएको थियो । जन्म दर्ता समेत नभएका तिम्सिनाको वडा कार्यलयमा बिवरण राखी तीन जनाको नाता प्रमाणि र नागरिक्ताका लागि सिफारिस पत्र तयार पारिएको दर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले जानकारी दिनु भयो ।

भाई प्रकाश चन्द्र शर्मा , भतिज गोपाल तिम्सिना र दुर्गा तिम्सिनाको नाता प्रमाणित गरिएको वडा कार्यालयले जनाएको छ । भारतमा जेल बस्दा दिपक जैसी नामले चिनीए पनि उहाको नागरिक्ता दुर्गा प्रसाद तिम्सिनाकै नामबाट बनाइएको हो ।

सम्बन्धित खबरहरु