काठमाडौ । नेकपा एमालेको पार्टी कार्यालय सरेको छ । औपचारिक उद्घाटन भने बाँकी रहेको छ । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथली स्थित नयाँ पार्टी कार्यालयको भवन अवलोकन गरेर मन परेको प्रतिक्रिया दिइसक्नुभएको छ ।

पार्टी कार्यालयमा नयाँ प्रविधि जडित गरिएको छ । भवनको मुल ढोकामा नै दुई यन्त्र मानव (रोवर्ट) राखिएको छ । रोवर्टले जरुरी सूचना दिनुका साथै स्वागत गर्नेछन् ।

भवन थापाथली हाइटस्थित उमंग मार्गमा छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सरेको हो । सञ्जय अग्रवालको यो घरमा सम्झौता गरेर एमालेले पार्टी कार्यालयका लागि भाडामा लिएको हो । पाँच बर्षसम्म यहाँ पार्टी कार्यालय बस्नेछ । बाँकी जानकारी भिडियोबाट लिनुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=VIWdBbtH6Kc

सम्बन्धित खबरहरु