काठमाडौं । सत्तारुढ नेकपा एमाले फुटबाट जोगिएको छ । पार्टीमा असन्तुष्ट देखिएका माधवकुमार नेपाल र झनाथ खनाल अलग हुने अनुमानबीच सबै भ्रम अन्त्य भएको हो ।

नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । पार्टीले सोधेको स्पष्टीकरण बुझाएको भोलिपल्ट आफू निकट केन्द्रीय सदस्यहरुसँगको छलफलमा वरिष्ठ नेता नेपालले पार्टीमै रहेर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने बताउनुभएको हो ।

पार्टीले स्पष्टीकरण सोधेपछि एमाले विभाजित हुने आशंका गरिरहेका बेला सो समूहले पार्टीमै रहेर संघर्ष गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिनुभयो । यस्तै पार्टीको संसदीय दलको बैठकमा सांसदहरु सहभागी भएका छन् ।

सम्बन्धित खबरहरु