काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्थगित परीक्षा पुनः सञ्चालन गर्ने बारे सार्वजनिक सूचना प्रकाशित गरेको छ । सुचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कर्मचारी आवश्यकता सम्बन्धी मिति २०७७÷१०÷२१ गते गोरखापत्र दैनिक र परिषद्को वेवसाइटमा सार्वजनिक सूचना प्रकाशित गरि दरखास्त फाराम आव्हान गरिए अनुरुप प्राप्त भएका दरखास्तहरु मध्ये स्वीकृत दरखास्तका विभिन्न पदहरुको (वि.नं. ११ देखि वि.नं. २८ सम्म ०७७÷०७८) परीक्षा मिति २०७७÷११÷२४ र २०७७÷११÷२५ गते पिईए एशोसियसन, थापाथली काठमाण्डौँमा परीक्षा केन्द्र समेत तोकि सकिइएकोमा प्राविधिक कारणवश अर्को सूचना प्रकाशित नभएसम्मको लागि उल्लेखित परीक्षा कार्यक्रम स्थगित गरिएकोमा उक्त परीक्षा कार्यक्रम मिति २०७७÷१२÷२४ र २५ गते पिईए एशोसियसन, थापाथली काठमाण्डौँमा पुनः सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षाको प्रवेश–पत्र मिति २०७७÷१२÷२० र २२ गते परिषद्बाट वितरण गरिनेछ ।’

सम्बन्धित खबरहरु