काठमाडौं । लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धि अत्यन्त जरूरी सूचना प्रकाशित गरेको छ । सूचनामा भनिएको छ, ‘आयोगको तपसिलका कार्यालयहरुका एकीकृत परीक्षा अन्तर्गत राजपत्र अंनकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदका लागि मिति २०७७ फागुन २९ मा सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षाबाट निम्न संख्यामा द्वितीय चरणको परीक्षाका लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

साथै उक्त परीक्षामा सम्मिलित केही उम्मेदवारहरूले आफ्नो उत्तरपुस्तिकामा कि उल्लेख नगरेको हुँदा निजहरूको परीक्षा रद्द गरिएको छ । द्वितीय चरणको परीक्षाका लागि छनोट भएका उम्मेदवारहरूले साविककै प्रवेशपत्रबाट, प्रथम चरणको परीक्षा दिएकै आयोगकोकार्यालयहरुले तोक्ने परीक्षाकेन्द्रमा मात्र सहभागी हुन पाउने व्यहोरा जानकारी गराईन्छ ।’

यस्तै, लोकसेवा आयोगले अन्तर्वार्तासम्बन्धि अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । लोकसेवा आयोग, केन्द्रीय कार्यालय अनामनगरको देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रम अनुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारमको प्रथम र तृतीय पाना २ प्रति भरी यो सूचना प्रकाशन भागको मितिले सात दिनभित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैंले प्रमाणित गरी रुजु गराउनु पर्नेछ ।

आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरु नपुर्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । छनौट भएका उम्मेदवारहरुले देहायको मिति समय र स्थानमा हुने अन्तर्वार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्र लिई १ घण्टा अगाबै आयोगका अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ । अन्तर्वार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत संचालन हुनेछ ।

सम्बन्धित खबरहरु