काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या गत ५ महिनामा देखिएको संक्रमणको उच्च हो ।

भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा धेरैलाई कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ । सरकारी अधिकारीहरुका अनुसार महाराष्ट्र, पञ्जाब र गुजरातमा सबैभन्दा धेरै संक्रमण फैलिएको छ ।

अर्कोतिर २४ घण्टामा २९१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या एक लाख ६१ हजार पार गरेको छ ।

सम्बन्धित खबरहरु