काठमाडौ । विश्वको चर्चित म्याप साइट गुगल म्यापले नेपालको चुच्चे नक्शालाई समावेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्शा प्रकाशन गरेको झण्डै १० महिनापछि समावेश गरेको हो ।

गुगलले नेपालले नयाँ नक्शामा दावी गरेको भू–भागलाई टुक्रे धर्काद्वारा देखाएको छ । यसको अर्थ विवादित क्षेत्र भनेर चिनिने गरिन्छ । यद्यपी यसअघि भने नेपालको पुरानै नक्शा मात्र राखिएको थियो ।

सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्शा औपचारिक रुपमा सार्वजनिक गरेपनि जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित भएको थियो । पारित नक्शालाई विश्व समुदायसम्म सरकारले पठाएको छ । अन्र्तराष्ट्रिय संगठनहरुमा दर्ता गराएको छ । साथै नेपालका पुस्तकहरुमापनि प्रकाशित छ ।

 

सम्बन्धित खबरहरु